global ime bank Long Banner Ad

गृहपृष्ठ लन टेनिस प्रतियोगिताको उपाधि सुनिरा थापालाई

लन टेनिस प्रतियोगिताको उपाधि सुनिरा थापालाई

लन टेनिस प्रतियोगिताको उपाधि सुनिरा थापालाई

रुपन्देहीमा भएको तेस्रो मेयर कप तथा बुटवल खुला लन टेनिस प्रतियोगिताको उपाधि सुनिरा थापाले जितेकी छन् । बुधबार भएको फाइनलमा अभिलाषा विष्टलाई पराजित गर्दै उनी च्याम्पियन बनेकी हुन ।

डिफेन्डिङ च्याम्पियन समेत रहेकी विष्टले उपविजेतामा चित्त बुझाइन् । पहिलो सेटको सुरुवातमा विष्टले अग्रता लिए पनि खेलमा फर्कँदै ६–३ ले सुनिराले जित निकालिन् ।

यस्तै मेन्स सिगलको उपाधिका लागि प्रदीप खड्काले रितिक रानासँग शुक्रबार फाइनल खेल्ने भएका छन् । बुधबार भएको पहिलो सेमिफाइनलमा खड्काले निहाल जेबी थापालाई ६–४, ६–० तथा दोस्रो सेमिफाइनलमा रितिक रानाले निशान्त श्रेष्ठलाई ६–३, ६–४ को सेटमा पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् ।

प्रकाशित समय : १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु