global ime bank Long Banner Ad

गृहपृष्ठ एमाले निकट कर्मचारी संगठन अब महिला नेतृत्वले हाँक्ने

एमाले निकट कर्मचारी संगठन अब महिला नेतृत्वले हाँक्ने

एमाले निकट कर्मचारी संगठन अब महिला नेतृत्वले हाँक्ने

निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल चयन भएकी छिन् । काठमाडौं जारी महाधिवेशनबाट दाहाल सर्वसम्मत रूपमा अध्यक्ष चयन भएकी हुन् ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभास शाह, अन्य केन्द्रिय उपाध्यक्षहरूमा कृष्णबहादुर केसी, विष्णु अर्याल, युवाचन्द्र घिमिरे, विजयालक्ष्मी सुवेदी , कमला दाहाल रहेका छन । साथै, महासचिवमा रामचन्द्र अधिकारी, उपमहासचिवमा वामदेव ओली र सूर्य कुवँर तथा कोषाध्यक्षमा यमकुमारी सापकोटा निर्बिरोध निर्वाचित भएका छन ।

नेकपा एमाले निकट कर्मचारी संगठनको महाधिवेसन गत माघ ३० उद्घाटन भए पनि फागुन १ मा सम्पन्न गर्नु पर्ने थियो तर ४ दिन पछि अर्थात शनिवार मात्रै नयाँ नेतृत्व चयन भएको हो । सहमति कि निर्वाचन भन्ने बिबादका बिचमा ढिला गरी शनिवार नयाँ नेतृत्व चयन गरिएको हो ।

सो महाधिवेसनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेक थिए ।

प्रकाशित समय : १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु