गृहपृष्ठ शिखर इन्स्योरेन्सको नाफा २.४८ प्रतिशतले बढ्यो
शिखर इन्स्योरेन्सको नाफा २.४८ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्षको ६ महिनामा शिखर इन्स्योरेन्स कम्पनीले २५ करोड ७३ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा कम्पनीको नाफा २.४८ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा २५ करोड ११ लाख १२ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १५.६३ प्रतिशतले बढेर ६३ करोड ७६ लाख २५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ५५ करोड १४ लाख १२ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको कमिशनबाट हुने आय १.३६ प्रतिशतले बढेर ३३ करोड ५७ लाख ८१ हजार रुपैयाँ रहेको छ ।
२ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ४० करोड ७ लाख ४४ हजार रुपैयाँ रहेको छ।
प्रकाशित समय : १०:२६ बजे


















