global ime bank Long Banner Ad

गृहपृष्ठ पर्सामा शीतलहर प्रभावित चार हजार ७०० लाई न्यानो कपडा वितरण

पर्सामा शीतलहर प्रभावित चार हजार ७०० लाई न्यानो कपडा वितरण

पर्सामा शीतलहर प्रभावित चार हजार ७०० लाई न्यानो कपडा वितरण CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

जिल्ला प्रशासन कार्यालय पर्साले शीतलहरबाट प्रभावित गरिब तथा विपन्न समुदायका तीन हजार परिवारका चार हजार सात सय जनालाई कम्बलसहित न्यानो कपडा वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी शीतलहर प्रभावितलाई कम्बल, ब्लाङकेट, जुत्ता÷चप्पल, मोजालगायत न्यानो कपडा वितरण गरेको जानकारी दिए ।

प्रजिअ अर्यालले शीतलहरबाट प्रभावित गरिब तथा विपन्न परिवारलाई न्यानो कपडालगायतका राहत सामग्री उपलब्ध गराई विपद् व्यवस्थापन कार्य एवं राहत वितरण कार्यमा सक्रिय भूमिका खेल्ने नौ वटा सङ्घसस्थालाई सम्मान गरेको जानकारी दिए।

कार्यालयले कम्बलसहितका न्यानो कपडामा वितरणमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साका गणपति राधेश्याम धिमाललाई कदरपत्रसहित सम्मान गरेको हो । यस्तै, रुङ्गटा वेलफेयर सोसाइटी वीरगञ्ज, उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटी, रोटरी क्लब अफ वीरगञ्जलाई कदरपत्रसहित सम्मान गरिएको छ । साथै नेपाल युवा उद्यमी मञ्च वीरगञ्ज च्याप्टर, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र पर्सा, लायन्स क्लब वीरगञ्ज र नेपाल पत्रकार महासङ्घ पर्सा शाखालाई पनि सम्मान गरिएको छ ।

प्रकाशित समय : २०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु