गृहपृष्ठ नारायणी डेभलपमेन्ट बैंकको कार्यालय स्थानान्तरण
नारायणी डेभलपमेन्ट बैंकको कार्यालय स्थानान्तरण
चितवनको टाँडीस्थित नारायणी डेभलपमेन्ट बैंकले आफ्नो केन्द्रीय कार्यालय र भरतपुर शाखा स्थानान्तरण गर्ने निर्णय गरेको छ।
बैंकले रत्ननगर नगरपालिका वडा नं. ०१, टाँडीस्थित केन्द्रीय कार्यालय र हाकिमचोकस्थित भरतपुर शाखालाई, भरतपुर महानगरपालिका वडा नं. १०, वाईपास रोडमा रहेको जिल्ला सहकारी संघ लिमिटेडको भवनमा सार्ने निर्णय गरेको हो ।
यस स्थानान्तरणका कारण बैंकको डाटा सेन्टर र सर्भर प्रणाली पनि स्थानान्तरण गर्नुपर्ने भएकाले बैंकिङ सेवाहरू पूर्ण रूपमा अवरुद्ध हुनेछन्। यसै कारण, माघ २५ गते शुक्रबार अपरान्ह १ बजेदेखि माघ २७ गते आइतबार बिहान ९ बजेसम्म सम्पूर्ण बैंकिङ सेवा बन्द रहनेछ।
प्रकाशित समय : ११:५० बजे


















