global ime bank Long Banner Ad

गृहपृष्ठ अदालतमा उपस्थित नभए कङ्गनाविरुद्ध पक्राउ पुर्जी जारी हुने

अदालतमा उपस्थित नभए कङ्गनाविरुद्ध पक्राउ पुर्जी जारी हुने

अदालतमा उपस्थित नभए कङ्गनाविरुद्ध पक्राउ पुर्जी जारी हुने

जावेद अख्तरको मानहानि मुद्दामा कङ्गना रनौतको समस्या बढ्दै गएको देखिन्छ। मुम्बई अदालतबाट अभिनेत्रीलाई गैर जमानती वारेन्ट पठाउन सकिने जनाएको छ।

उनी पक्राउ गर्न सकिने भएको भारतीय समाचार माध्यमले जनाएका छन्। यसअघि अदालतले कङ्गनालाई मुद्दाको सुनुवाइमा उपस्थित हुने अन्तिम मौका दिएको थियो । अदालतले कङ्गना रनौत अझै पनि अदालतमा नआएमा उनलाई गैर जमानती वारेन्ट पठाइने स्पष्ट पारेको छ। कङ्गना रनौत जावेद अख्तरसँग लामो समयदेखि चलिरहेको मानहानि मुद्दालाई समाधान गर्न मध्यस्थता बैठकमा सहभागी भएकी छैनन्।

यस्तो अवस्थामा हालै मुम्बईको एक अदालतले अभिनेत्री विरुद्ध गैर जमानती वारेन्ट जारी गर्नु अघि अन्तिम मौका दिएको छ।

भारद्वाजले करिब ४० वटा पेशीमा अदालतको सुनुवाइमा अभिनेत्री उपस्थित नभएको दाबी गरेका थिए। अदालतले कङ्गनाका वकिललाई निवेदनको जवाफ पेश गर्न निर्देशन दिएको छ तर वकिलले गैर जमानती वारेन्टको विरोध गरेका छन्। यस्तो अवस्थामा मजिस्ट्रेटले अभिनेत्रीलाई अन्तिम मौका दिने निर्णय गरेका हुन।

प्रकाशित समय : १०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु