गृहपृष्ठ काठमाडौं कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते
काठमाडौं कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते
काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन् । आज (बिहीबार) बिहान पौने ९ बजेको समयमा ग्यास विष्फोट हुँदा १४ जना घाइते भएका हुन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको हो । घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको उनले बताए ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : ०९:५५ बजे



















