global ime bank Long Banner Ad

गृहपृष्ठ कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नतिको काम समयमै सक्न प्रधानमन्त्रीको निर्देशन

कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नतिको काम समयमै सक्न प्रधानमन्त्रीको निर्देशन

कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नतिको काम समयमै सक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कीर्तिपुरस्थित (त्रिवि) क्रिकेट मैदान स्तरोन्नतिको काम समयमै सक्न निर्देशन दिएका छन् ।

बिहीबार ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत् त्रिवि मैदानमा फ्लड लाइट, प्यारापिट र अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउने कामलाई तीन सिफ्टमा अघि बढाएर समयमै सक्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिएका हुन् ।

उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र इन्दु बर्मा, पुजा महतो सहित क्यानका सचिव पारस खड्कासँगको भेटमा कीर्तिपुर र मूलपानीको क्रिकेट रंगशालासहित समग्र नेपाली क्रिकेटको कुरा भएको जानकारी दिएका छन् ।

प्रकाशित समय : १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु