गृहपृष्ठ काठमाडौंमा ज्ञान संस्कार इन्टर स्कुल राष्ट्रिय स्केट प्रतियोगिता हुँदै
काठमाडौंमा ज्ञान संस्कार इन्टर स्कुल राष्ट्रिय स्केट प्रतियोगिता हुँदै
काठमाडौमा ज्ञान संस्कार इन्टर स्कूल राष्ट्रिय स्केट प्रतियोगिता हुने भएको छ ।
आगामी माघ २६ गते हुने प्रतियोगितामा ४ देखि १६ वर्ष उमेरका २ सय बालबालिका सहभागी हुने ज्ञान संस्कार इन्टरनेशनल स्कुलकी प्रधानाध्यापक निलम बानियाँ बडूले बताइन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार प्रतियोगितामा सहभागी हुन सातै प्रदेशका विद्यालयहरूमा खबर गरिएको छ ।
नयाँ खेल भएकोले बालबालिकाले रुचाउने गरेका उनले बताइन् । ‘त्यसैले हामीले दोस्रो वर्ष पनि यो प्रतियोगिता आयोजना गरिरहेका छौँ’, बडूले भनिन्, ‘यो प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिनेछौँ ।’
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई अन्तराष्ट्रियस्तर स्केटिङ प्रतियोगितामा सहभागी गराइने योजन आयोजकको छ ।
प्रकाशित समय : १५:०७ बजे


















