गृहपृष्ठ गृहमन्त्री लेखकबारे भ्रम फैलाइयो : गृह मन्त्रालय

गृहमन्त्री लेखकबारे भ्रम फैलाइयो : गृह मन्त्रालय

गृहमन्त्री लेखकबारे भ्रम फैलाइयो : गृह मन्त्रालय

बाल विवाह मुद्दामा राज्यका निकायहरूले आफ्नो तोकिएको अधिकार क्षेत्रभित्र रही कार्य सम्पादन गरेका विषयमा गृहमन्त्री रमेश लेखकलाई जोडेर भ्रम फैलाउने काम भएको भन्दै गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्ति जारी गर्दै मन्त्रालयले गृहमन्त्री लेखकलाई सामान्य जानकारीसमेत नभएको विषयमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन भएको प्रति जनाएको हो । गृह मन्त्रालयले समाजमा छुवाछुत र जातीय विभेद बढाउनेलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।

सत्येन्द्रकुमार राम(चमार) र नेहा रौनियारबीचको अन्तरजातीय बाल विवाहको विषयमा सिर्जित घटनाबारे गृहमन्त्री लेखकलाई सामान्य जानकारी नभएको जनाइएको छ । संविधान र कानुनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिबद्ध रहेको उनको सचिवालयले जनाएको हो ।

गृहमन्त्री लेखकले सो घटनाको यथार्थ विवरण सार्वजनिक गर्न र आवश्यक छानबिन गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन समेत दिएका छन् । उक्त घटनामा नेपाल प्रहरीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सत्येन्द्रकुमार रामविरुद्ध बाल विवाहको कसुरमा गत कार्तिक २५ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु