global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नवौं कृष्ण ध्वज स्मृति टेबुल टेनिस १५ माघदेखि

नवौं कृष्ण ध्वज स्मृति टेबुल टेनिस १५ माघदेखि

नवौं कृष्ण ध्वज स्मृति टेबुल टेनिस १५ माघदेखि

नवौं कृष्ण ध्वज स्मृति टेबुल टेनिस प्रतियोगिता माघ १५ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ।

आयोजक रेड टायल्सले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत हुने प्रतियोगिता लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा माघ १५ गतेदेखि १८ सम्म सन्चालन हुने जानकारी दिइएको हो।

प्रतियोगितामा देशभरका विद्यालय, कलेज तथा क्लबहरुबाट ३ सय ५० खेलाडीर सहभागी हुने रेड टायल्सका अध्यक्ष सुरज केसीले जानकारी दिए।

प्रतियोगितामा विद्यालय तर्फ यु–१० ब्वाइज सिंगल्स, यु–१० गल्र्स सिंगल्स, यु–१२ व्वाइज सिंगल्स, यु–१२ गल्र्स सिंगल्स, यु–१४ ब्वाइज सिंगल्स, यु–१४ गल्र्स सिंगल्स, यु–१६ ब्वाइज र यु–१६ गल्र्स सिंगल्स गरेर ८ स्पर्धा हुने उहाले बताए।

त्यस्तै मेन्स् भेट्रान्स ४० वर्ष माथि सिंगल्स स्पर्धा पनि समावेश गरिएको आयोजकले जनाएको छ।

 

प्रकाशित समय : १८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु