global ime bank Long Banner Ad

गृहपृष्ठ ‘युवामा सकारात्मक सोच जगाउन आवश्यक’

‘युवामा सकारात्मक सोच जगाउन आवश्यक’

‘युवामा सकारात्मक सोच जगाउन आवश्यक’

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा सकारात्मक सोचका साथ अगाडि बढेमा मात्र मुलुकले समृद्धि हासिल गर्ने धारणा राखेका थिए ।

युवा गैरसरकारी संस्था महासङ्घ नेपालद्वारा आयोजित युवासँग मन्त्री कार्यक्रमको शुभारम्भ गर्दै उनले देश विकासका लागि सकारात्मक सोचका साथ उद्यमशीलतामा संलग्न हुन युवा पङ्क्तिलाई आह्वान गरे ।

देशमा युवा लक्षित धेरै काम भएको उल्लेख गर्दै मन्त्री चौधरीले खेलाडीका लागि बिमा र उनीहरुका सन्तानलाई निःशुल्क शिक्षाको पहल भइरहेको बताए । त्यसअवसरमा सहभागी युवाहरुले मुलुकमा युवा मन्त्रालय स्थापनाको उद्देश्य र लक्ष्य हासिल गर्ने सन्दर्भमा भएका प्रयास र प्रगति मन्त्रीसँग जिज्ञासा राखे ।

युवाको हकहित र अधिकारका क्षेत्रमा उल्लेख्य योगदान पु-याउने हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मण शाहीलगायतलाई सम्मान गरिएको महासङ्घका अध्यक्ष नारायण गिरीले बताए ।

प्रकाशित समय : २२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु