nmb bank

गृहपृष्ठ ‘पर्यटकका असजिला हटाइने’

‘पर्यटकका असजिला हटाइने’

‘पर्यटकका असजिला हटाइने’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय पर्यटक नेपाल घुम्न आउँदा आइपर्ने सबै असजिला हटाइने बताएका छन् ।

कोसीटप्पुमा आज भारतीय सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले भारतीय पर्यटक नेपाल आउँदा गरिने अनावश्यक जाँच र नोट सटहीको समस्या हटाउन पहल गरिने बताए । कोशी प्रदेश सरकारले आगामी २०८२ साललाई कोसी पर्यटन वर्ष मनाउने तयारी गरिरहेको उल्लेख गर्दै उनले भारतीय पर्यटक नेपाल भित्र्याउन आवश्यक समन्वय र सहजीकरण गर्ने बताए।

कोशी पर्यटन वर्षको मूल आयोजक समितिको आज कोशीटप्पुमा बसेको बैठकपछि भारतीय सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले भारत र नेपालबीचको अत्यन्तै राम्रो सम्बन्ध रहेको तथा यो सम्बन्धका आधारमा नेपालको पर्यटन प्रवद्र्धन गर्न सकिने बताए ।

कोशी प्रदेशको पर्यटन प्रवद्र्धन गर्न प्रदेश सरकार लागिपरेको जिकिर गर्दै उनले आगामी वर्षदेखि पर्यटन प्रवद्र्धन र विकासका लागि बजेट वृद्धि गरिने जानकारी दिए । प्रदेश सरकारले आगामी वैशाख १ गते तेह्रथुमको मिल्के जलजले क्षेत्रमा पर्यटन वर्ष २०८२ को शुभारम्भका लागि मुख्यमन्त्री कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ ।

प्रकाशित समय : २१:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु