global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णाली प्रदेशसभाका नव निर्वाचित संसदीय समितिका सभापतिहरुले लिए पद तथा गोपनीयताको शपथ

कर्णाली प्रदेशसभाका नव निर्वाचित संसदीय समितिका सभापतिहरुले लिए पद तथा गोपनीयताको शपथ

कर्णाली प्रदेशसभाका नव निर्वाचित संसदीय समितिका सभापतिहरुले लिए पद तथा गोपनीयताको शपथ

कर्णालीका संसदीय समितिले नौं महिनापछि नेतृत्व पाएका छन् । गत वैशाखदेखि नेतृत्वविहीन रहेका तीनवटा संसदीय समितिले नेतृत्व पाएका हुन् । नव निर्वाचित संसदीय समितिका सभापतिहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

लेखा समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका विन्दमान विष्ट, अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेकपा एमालेकी दक्षिणा शाही र सामाजिक विकास समितिको सभापतिमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री चयन भएसँगै शपथ लिएका हुन् । उनीहरुलाई कार्यवाहक सभामुख यशोदाकुमारी न्यौपानेले शपथ गराएकी हुन् । यसअघि लेखा समितिको सभापति रहेका ऐमालेका जितबहादुर मल्लले १५ असोजमा राजीनामा दिएका थिए ।

प्रकाशित समय : २१:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु