global ime bank Long Banner Ad

गृहपृष्ठ ६ महिनामा साढे एक करोडभन्दा बढी कण्डम आयात

६ महिनामा साढे एक करोडभन्दा बढी कण्डम आयात

६ महिनामा साढे एक करोडभन्दा बढी कण्डम आयात

चालू आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा विदेशबाट साढे एक करोडभन्दा कण्डम भित्रिएका छन् । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा १ करोड ७७ लाख ४० हजार कण्डम आयात भएको हो ।

यो संख्याको कण्डम आयातमा नेपालबाट १२ करोड ६२ लाख ५८ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै, उक्त मूल्य बराबरको करोडौँ संख्याको कण्डम भित्रिँदा राज्य कोषमा ४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

नेपालमा सबैभन्दा धेरै भारतबाट कण्डम आयात हुने गरेको छ । भारतबाट १ करोड ५५ लाख ५० हजार ५९४ वटा कण्डम भित्रिएको छ ।

प्रकाशित समय : २०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु