global ime bank Long Banner Ad

गृहपृष्ठ सभापति कप फुटबल भोलिदेखि

सभापति कप फुटबल भोलिदेखि

सभापति कप फुटबल भोलिदेखि

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा सभापति कप फुटबल प्रतियोगिता भोलिदेखि हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भोलि हुने उद्घाटन खेलमा चर्च ब्वाइज र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

नकआउट चरणमा हुने उक्त प्रतियोगितामा विभिन्न आठ टिमको सहभागिता रहनेछ । उक्त प्रतियोगितामा सहभागी टिमले तयारी राम्रो भएको बताएका छन् ।

उक्त प्रतियोगिताको खेल हेर्न आउने दर्शकका लागि भिआइपी प्याराफिटतर्फ तीन सय र साधारणतर्फ एक सय टिकट मूल्य निर्धारण आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउनेछ भने उपविजेता टोलीले १३ लाख  प्राप्त गर्नेछ ।

यसैगरी हरेक खेलमा म्याच फि का रूपमा प्रत्येक टिमले ५० हजार पाउनेछन् भने प्लेयर अफ दी म्याचलाई १५ हजार प्रदान गरिनेछ ।

सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित समय : २१:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु