global ime bank Long Banner Ad

गृहपृष्ठ ट्रेन्डिङमा फिल्म ‘होस्टेल ३’ को गीत ‘टिक टिक टिक’

ट्रेन्डिङमा फिल्म ‘होस्टेल ३’ को गीत ‘टिक टिक टिक’

ट्रेन्डिङमा फिल्म ‘होस्टेल ३’ को गीत ‘टिक टिक टिक’

फिल्म ‘होस्टेल ३’ को ‘टिक टिक टिक’ बोलको गीत युट्युबको ट्रेन्डिङमा परेको छ। फिल्म युट्युबको म्युजिकतर्फ ट्रेन्डिङ १० मा छ।

समाचार तयार पार्दासम्म गीतले करिब ११ लाख भ्युज बटुलिसकेको छ। टिकटक भिडियो र फेसबुकमा रिल्सबाट पनि गीतले चर्चा पाइरहेको छ।

अलमोडा राणा उप्रेतीको शब्द र संगीत रहेको गीतमा उनकै स्वर छ। गीतको भिडियोमा फिल्मको मुख्य कलाकार पारस बम (कुल ब्वाई), रिहान गिरि, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी र समा पराजुलीको अभिनय छ। गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेको गीतमा सन्तोष राणाले र्‍याप गाएका छन्।

 

प्रकाशित समय : १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु