गृहपृष्ठ कार्यकारी आदेशको वर्षासँगै अमेरिकाको बागडोर सम्हाल्दै ट्रम्प
कार्यकारी आदेशको वर्षासँगै अमेरिकाको बागडोर सम्हाल्दै ट्रम्प
आप्रवासनदेखि वातावरण र सांस्कृतिक युद्धसम्म सबै विषयमा आफ्नो शपथग्रहणको केही घण्टापछि हस्ताक्षर गरिएको कार्यकारी आदेशको लहरमा सवार भएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार आफ्नो कार्यकालको पहिलो पूर्ण दिन सुरु गरेका छन् ।
आफ्नो शपथग्रहण समारोहको धुमधाम र कार्यकारी आदेशहरूको आश्चर्यजनक शृङ्खलापछि राष्ट्रपतिको मङ्गलबार एक गम्भीर कार्यक्रमबाट सुरु हुँदैछ: राष्ट्रिय गिर्जाघरमा प्रार्थना सेवा ।
अठहत्तर वर्षीय ट्रम्पले अन्तिम पटक जनवरीको सुरुमा दिवङ्गत राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टिमा अमेरिकी राजधानीको नियो–गोथिक चर्चको भ्रमण गरेका थिए ।
पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य सङ्गठनबाट फिर्ता हुने प्रक्रिया सुरु गर्ने सहित सोमबार गरेका कार्यहरूको वर्षा देश र विश्वले पचाइरहेको बेला ट्रम्पबाट थप कार्यकारी आदेशहरू आउने वा नआउने अस्पष्ट थियो ।
एक एरिनामा गर्जिरहेका समर्थकहरूको सामु र त्यसपछि ओभल कार्यालयमा हस्ताक्षर गरिएको नीतिगत परिवर्तनहरूको लामो सूचीले आठ वर्षअघिको तुलनामा ट्रम्पको बढेको तयारीको स्पष्ट प्रतीक प्रस्तुत ग-यो । आठ वर्षअघि उनि शून्य शासन अनुभवका साथ ह्वाइट हाउस प्रवेश गरेका थिए ।
चिसो मौसमका कारण भित्र आयोजित समारोहमा क्यापिटलमा शपथ लिएपछिको भाषणमा रिपब्लिकन राष्ट्रपति ट्रम्पले डेमोक्रेट जो बाइडेनको चार वर्षे राष्ट्रपति कार्यकालपछि ‘अमेरिकाको पतन समाप्त भएको छ’ । उनले प्रतिज्ञा गर्दै भने, “अमेरिकाको स्वर्णिम युग अहिलेबाट सुरु हुन्छ ।”
“के तपाईं बाइडेनले यस्तो गरेको कल्पना गर्न सक्नुहुन्छ ? मलाई लाग्दैन”, ट्रम्पले वासिङ्टनको एक खेलकुद एरिनामा हर्षित भीडलाई पहिलो चरणका आदेशहरूमा हस्ताक्षर गर्न प्रयोग गरेका कलमहरू फ्याँक्दै भने ।
– जनवरी ६ का माफीहरू
ओभल कार्यालयमा फर्केर उनले थप आदेशहरूमा हस्ताक्षर गर्दै एक अनौपचारिक ५० मिनेटको पत्रकार सम्मेलन गरे । कार्यकारी आदेशमा करिब एक हजार पाँच सय क्यापिटल दङ्गाकारीहरूलाई माफी दिने एक आदेश समावेश थियो ।
उनीहरूलाई सन् २०२१ जनवरी ६ मा बाइडेनको चुनावी विजय प्रमाणीकरण रोक्न खोज्ने हजारौँ ट्रम्प समर्थकहरूद्वारा कांग्रेसमाथि गरिएको आक्रमणमा भाग लिएको आरोपमा मुद्दा चलाइएको थियो ।
“उनीहरू आज राति खुलेर बाहिर आउनेछन् भन्ने हामीलाई आशा छ”, ट्रम्पले भने, “उनीहरूले यसको अपेक्षा गरिरहेका छन् ।”
उनले मेक्सिको सीमामा राष्ट्रिय आपत्काल घोषणा गर्ने आदेशमा हस्ताक्षर गरेर कमला ह्यारिसमाथिको आफ्नो चुनावी विजय हासिल गराउने प्रमुख चुनावी मुद्दा गैरकानूनी आप्रवासनको सामना गर्न अमेरिकी सेना तैनाथ गर्ने बताए ।
पहिलो पटक राष्ट्रपति पदको दौडमा पोर्न स्टारलाई पैसा दिएको अभियोगमा दोषी ठहरिएपछि ट्रम्पले पदभार ग्रहण गर्ने सबैभन्दा पुरानो राष्ट्रपति र पहिलो अपराधी दुवैका रूपमा इतिहास रचेका छन् ।
उनि सन् १८९३ मा ग्रोभर क्लिभल्यान्डपछि सत्तामा फर्कने अमेरिकी इतिहासमा दोस्रो राष्ट्रपति पनि छन् ।
प्रकाशित समय : १४:२८ बजे



















