global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेसले संविधान संशोधनका निम्ति सबै दलसँग सहकार्य गर्ने

कांग्रेसले संविधान संशोधनका निम्ति सबै दलसँग सहकार्य गर्ने

कांग्रेसले संविधान संशोधनका निम्ति सबै दलसँग सहकार्य गर्ने

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले देशलाई स्थिरता र विकास दिनका लागि अहिलेको सरकार बनेको बताएका छन् । दुई ठूला दल मिलेर बनेको सरकारले देशमा राजनीतिक स्थिरतासँगै विकास निर्माणमा जोड दिने उनले विश्वास व्यक्त गरे ।

आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले राजनैतिक स्थायित्वसँगै विकास निर्माणका लागि काम गर्नुपर्ने बताए । उनले भने, “अहिले नै सरकार परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन ।” अब नेपालको विकासका लागि स्थिर सरकार दिएर अघि बढ्नुपर्ने उनले बताए ।

स्थिर सरकारबाट मात्रै विकासका काम अघि बढ्ने उनको भनाइ छ । संविधान संशोधनका लागि सबै दलसँग सहकार्य गर्दै अघि बढ्न कांग्रेस तयार रहेको उल्लेख गर्दै उनले विपक्षी दलहरुसँग समेत छलफल भइरहेको बताए । संविधान परिवर्तन गर्दा कुन बुँदामा गर्ने हो स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित समय : १४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु