गृहपृष्ठ जय नेपाल कप टी–२० मा त्रिभुवन विश्वविद्यालयको विजयी सुरुआत

जय नेपाल कप टी–२० मा त्रिभुवन विश्वविद्यालयको विजयी सुरुआत

जय नेपाल कप टी–२० मा त्रिभुवन विश्वविद्यालयको विजयी सुरुआत

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को आयोजनामा सोमबारदेखि राजधानीमा जय नेपाल कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको प्रथम राष्ट्रपति डा. रामबरण यादवले एक कार्यक्रमकाबीच त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै डा. यादवले खेलकुद संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधतालाई जोड्ने कडी रहेको बताए ।

पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान स्थापित गर्न सफल भएको भएकोमा खुसी व्यक्त गर्दै खेलकुदमार्फत विश्वमा शान्ति र सद्भावको सन्देश फैलउन सकिने विश्वास व्यक्त गरे ।

खेलकुदबाट देशको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र अनुशासित युवा शक्तिको विकासद्वारा समृद्ध नेपालको निर्माण हुने विश्वास व्यक्त गरे ।

प्रकाशित समय : १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु