global ime bank Long Banner Ad

गृहपृष्ठ ‘नयाँ राजनीतिक शक्तिहरूबीच ध्रुवीकरण आवश्यक छ’

‘नयाँ राजनीतिक शक्तिहरूबीच ध्रुवीकरण आवश्यक छ’

‘नयाँ राजनीतिक शक्तिहरूबीच ध्रुवीकरण आवश्यक छ’

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेताहरूले नयाँ राजनीतिक शक्तिहरूबीच ध्रुवीकरणको आवश्यकता औँल्याएका छन् । उक्त पार्टीको ललितपुर महानगर भेलामा आज नेताहरूले समाज परिवर्तनका लागि भनेर स्थापना भएका नयाँ राजनीतिक शक्तिहरू साझा उद्देश्य पूर्तिका लागि एकठाउँमा आउनुपर्ने आवश्यकता औँल्याएका हुन् ।  मात्र

पार्टीका केन्द्रीय सचिवालय सदस्य दुर्गा शोबले समाजमा रहेको यथास्थितिवादी सोचलाई परिवर्तन गर्दै आधुनिक र समुन्नत समाज निर्माणका काम गर्नुपर्नेमा जोड दिए । यसमा जनप्रतिनिधिको भूमिका अझ बढी रहेको  भनाइ थियो । “जुन पार्टीबाट जितेको भए पनि जनताको प्रतिनिधि हो, उनीहरूले सबैका लागि काम गर्नुपर्छ । हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूले गलत कुराको विरोध र खबरदारी गर्नुपर्छ”, शोबले भने ।

केन्द्रीय सङ्गठन विभाग प्रमुख सोनामसिं स्याङ्तानले वैकल्पिक राजनीतिक शक्तिहरूबीच समन्वय र एकताका आधारमा शक्ति सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए । केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य दलबहादुर (डिबी) लिम्बूले समाजवाद उन्मुख समृद्धिको अभियानका लागि राजनीतिक अभियान अगाडि बढाउनुपर्ने बताए ।

केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य अमृत पुरीले विचारलाई संश्लेषण गरेर जनतामा पु¥याउन र वैकल्पिक राजनीतिक शक्तिलाई संस्थागत गर्न समूहगत रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य जनक थापा, जिल्ला समन्वय समितिका संयोजक कृष्ण महर्जन, मजदुर सङ्गठनका इन्चार्ज तथा गोदावरी नगरपालिकाका संयोजक कृष्णमुरारी ढकाललगायतले सम्बोधन गरेको थियो ।

भेलाले मदन महर्जनको संयोजकत्वमा ३५ सदस्यीय महानगर समिति गठन गरेको छ ।

प्रकाशित समय : २१:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु