global ime bank Long Banner Ad

गृहपृष्ठ बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्ड

बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्ड

बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्ड

देवदहमा जारी दोस्रो राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले जितेको छ । माघ ३ देखि ५ गतेसम्म संचालन भएको प्रतियोगितामा देवदह बुद्ध पब्लिकले १० स्वर्ण पदक जित्दै रनिङ शिल्ड उचालेको हो ।

प्रतियोगितामा बुद्ध पब्लिकले १० स्वर्ण, १३ रजत र ४ काश्य हात पारेको छ । त्यस्तै सगरमाथा आवासीय माविले ८ स्वर्ण, ७ रजत र ८ कास्य जित्दै द्वितीय स्थान हासिल गरेको छ ।

प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ९ कास्य जित्दै केरवानी माविले तेस्रो स्थान हासिल गर्यो भने ४ स्वर्ण, १ रजत र ३ काश्यसहित भविष्य निर्माण माविले चौथो भएको छ ।

रनिङ शिल्ड उचालेको देवदह बुद्ध पब्लिकले १५ हजार, द्वितीय स्थान हासिल गरेको सगरमाथाले १० हजार रुपैयाँ र तृतीय स्थान हासिल गरेको केरवानी माविले ५ हजार नगद प्राप्त गरेको छ ।

दोस्रो देवदह राष्ट्रपति रनिङ्ग शिल्डको संयोजन देवदह-५ स्थित केरवानी माविले गरेको थियो ।

गत वर्ष माघ १२ देखि १४ गतेसम्म देवदह माविको संयोजनमा संचालित पहिलो देवदह राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सर्वाधिक १२ स्वर्ण पदक जित्दै देवदह माध्यमिक विद्यालयले शिल्ड उचालेको थियो । जसमा गत वर्षपनि सगरमाथा आवासीय माविले दोस्रो र केरवानी तेस्रो भएका थिए । सगरमाथाले ३ स्वर्ण, ६ रजत र २ कास्य जितेको थियो भने केरवानी माविले ३ स्वर्ण ५ रजत र ६ कास्य हात पारेको थियो ।

 

प्रकाशित समय : २१:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु