गृहपृष्ठ प्रसाईंद्वारा बीएन्डीसी अस्पताल सरकारलाई दिने घोषणा
प्रसाईंद्वारा बीएन्डीसी अस्पताल सरकारलाई दिने घोषणा
झापाको धाइजनस्थित बिएन्डसी अस्पताल कोरोना भाइरस (कोभिड १९) संक्रमित बिरामीको उपचारका लागि सरकारलाई प्रदान गर्ने घोषणा गरिएको छ ।
अस्पताल कार्यकारी निर्देशक दुर्गा प्रसाईले सरकारलाई २५ बेडकाे भेन्टिलेटर, १०० बेडकाे आईसीयु, ८०० नर्मल बेड, १०५ जना डाक्टर, ९०० जना स्वास्थ्यकर्मी भएकाे सुविधाजन्य अस्पताल राज्यलाई दिन तयार रहेको घाेषणा गरेका हुन् ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा सरकारसँग हस्पिटलले कोरोना भाइरस संक्रमितको उपचार गर्नका लागि पिपिई सेट र मास्क उपलब्ध गराउन माग्दा उपलब्ध नगराइएकाले यसअघि उपचार गर्न नसकिएको जनाएको छ ।
हस्पिटलमा रहेका १०५ जना डाक्टरसहितकाे स्वास्थ्यकर्मीलाई आवश्यक व्यवस्थापन गर्दै सरकारले आजैका मितिदेखि प्रयाेग गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय : १७:५८ बजे



















