गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ३६)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ३६)
१. रातो ग्रहका नामले चिनिने ग्रह कुन हो ?
– मंगल ग्रह
२. सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह कुन हो ?
– बृहस्पति ग्रह
३. ग्रहहरुको राजा केलाई भनिन्छ ?
– बृहस्पति ग्रह
४. हालसम्म सबैभन्दा धेरै उपग्रहहरु पत्ता लागेको ग्रह बृहस्पति ग्रह हो भने, त्यसका कति उपग्रह छन् ?
– ६३ वटा
५. ग्रहहरुमा आफ्नो अक्षमा सबैभन्दा बढी वेगले घुम्ने ग्रह कुन हो ?
– बृहस्पति
६. सौर्यमण्डलको सबैभन्दा ठूलो उपग्रह कुन हो ?
– ग्यामनिमिड (बृहस्पति ग्रहको उपग्रह)
७. पहेँलो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
– शनि ग्रह
८. सौर्यमण्डलमा रहेको घेरा युक्त ग्रह कुन हो ?
– शनि ग्रह
९. ‘असफल तारा’ उपनामले चिनिने ग्रह कुन हो ?
– अरुण ग्रह
१०. बरुण ग्रहलाई सुरुवातमा के भन्ने गरिन्थ्यो ?
– ले भरियर्स प्लानेट
११. प्रकाशको तीव्रता नाप्ने यन्त्रलाई के भनिन्छ ?
– फोटोमिटर
१२. हाल पुड्का ग्रहको सूचीमा रहेको यमलाई ग्रहको सूचीमा कति वर्ष राखिएको थियो ?
– ७६ वर्ष (सन् १९३०–२००६)
१३. ग्रिक भाषामा सूर्यलाई हेलियस भनिन्छ भने चन्द्रमालाई के भनिन्छ ?
– Selene
१४. सूर्यको वरिपरि घुम्ने ठूल्ठूला पिण्डहरुलाई ग्रह भनिन्छ भने स-साना पिण्डहरुलाई के भनिन्छ ?
– उपग्रह
१५. अन्तरिक्षका पिण्डहरुको अध्ययन गर्ने निकाय (आईएयु)को स्थापना कहिले भयो ?
– सन् १९१९ (फ्रान्सको पेरिसमा)
१६. अन्तरिक्षका पिण्डहरुको अध्ययन गर्ने निकाय (आईएयु)को पहिलो बैठक कहिले बसेको थियो ?
– सन् १९२२(इटालीको रोम)
१७. कुन-कुन ग्रहका उपग्रह छैनन् ?
– बुध र शुक्र ग्रह
१८. पहिलो शिशु ग्रहको पहिचान कहिले भएको थियो ?
– सन् १८०१
१९. ‘Long haired Star’ के लाई भनिन्छ ?
– पुच्छ्रे तारा
२०. कुनै व्यक्तिको जीवन कालमा दुई पटकसम्म देख्न सकिने एक मात्र पुच्छ्रे तारा कुन हो ?
– हेली कमेट
प्रकाशित समय : १८:०६ बजे



















