global ime bank Long Banner Ad

गृहपृष्ठ माघी पर्वले मुलुकको समृद्धिका लागि क्रियाशील हुन उत्प्रेरित गर्ने उपराष्ट्रपतिको विश्वास

माघी पर्वले मुलुकको समृद्धिका लागि क्रियाशील हुन उत्प्रेरित गर्ने उपराष्ट्रपतिको विश्वास

माघी पर्वले मुलुकको समृद्धिका लागि क्रियाशील हुन उत्प्रेरित गर्ने उपराष्ट्रपतिको विश्वास

उपराष्ट्रपति रामसहायप्रसाद यादवले माघी पर्वले मुलुकको समृद्धिका लागि क्रियाशील हुन उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

माघीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै आज जारी गरेको शुभकामना सन्देशमा उनले राष्ट्रियता र परस्पर भ्रातृत्व, अपनत्व फैलाउन यस्ता मौलिक पर्वले सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् ।

यसै अवसरमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आजै जारी गरेको शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक हाम्रो मुलुकमा विभिन्न समुदायले मनाउने मौलिक चाडपर्वले एकापसमा भ्रातृत्व, पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित समय : १४:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु