global ime bank Long Banner Ad

गृहपृष्ठ एक महिनापछि भैरहवामा फ्लाई दुबईको नियमित उडान सुरु

एक महिनापछि भैरहवामा फ्लाई दुबईको नियमित उडान सुरु

एक महिनापछि भैरहवामा फ्लाई दुबईको नियमित उडान सुरु

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा फ्लाई दुबईले पुनः नियमित उडान सुरु गरेको छ । एक महिनापछि फ्लाई दुबईको जहाज सोमबार दिउँसो दुई बजे भैरहवा विमानस्थलमा अवतरण गरेको हो ।

फ्लाई दुबईको सोमबारको उडानमा काठमाडौंमा भन्दा भैरहवा झर्ने यात्रुहरू धेरै रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । जहाजमा सवार कुल एक सय ५६ यात्रुमध्ये बिजनेस क्लासका ६ सहित ८९ यात्रु भैरहवा झरेका थिए भने काठमाडौंमा बिजनेस क्लासका चारसहित ६७ यात्रु थिए ।

तर, भैरहवाबाट दुबई जाने यात्रु भने १५ जना मात्र रहेको बताइएको छ ।एक महिनापछि भएको पहिलो उडानमै भैरहवा झर्ने यात्रुहरू धेरै हुँदा उत्साह थपिएको भैरहवाका व्यवसायीले बताएका छन् । २५ कात्तिकदेखि फ्लाई दुबईले भैरहवामा दैनिक एउटा उडान गर्दै आएको छ । खराब मौसमका कारण बिचमा रोकिएको उडान पुनः सुचारु भएपछि स्थानीय व्यवसायी पनि उत्साहित भएका छन् ।

प्रकाशित समय : १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु