global ime bank Long Banner Ad

गृहपृष्ठ धुमः४ मा रणवीर कपुर पक्का, अभिषेक बच्चन आउट हुन सक्ने

धुमः४ मा रणवीर कपुर पक्का, अभिषेक बच्चन आउट हुन सक्ने

धुमः४ मा रणवीर कपुर पक्का, अभिषेक बच्चन आउट हुन सक्ने

बलिउड स्टार रणबीर कपूर आगामी केही वर्षका लागि पुरै व्यस्त रहेका छन ।

यस बर्ष निर्माणमा रहेका केही ठूला फिल्महरूमा उनीलाइ देखिने पक्का जस्तै छ ।

अभिनेता कपुर हाल सञ्जय लीला भन्सालीको ‘लभ एन्ड वार’ र नितेश तिवारीको ‘रामायण’ को लागि शूटिंगमा ब्यस्त रहेका छन । दुबै फिल्म २०२६ मा ठूलो पर्दामा रिलिज हुने तालिका तय भइसकेको छ।

यसैबिच, यशराज फिल्म्सको बहुप्रतिक्षित धूमः४ मा रणवीर कपुर अनुबन्धित भएका छन । जुन फिल्म एक दशक भन्दा बढी अघि देखी आधिकारिक रूपमा घोषणा गरिएको थियो तर केही कारणहरूले गर्दा सुटिङ सुरू हुन सकेको थिएन । तर, अहिले यशराज फिल्मसले धुमः४ का लागि प्रकिया सुरू गरेको छ, जो अर्को बर्ष देखी सुटिङ सुरू हुनेछ ।

इन्डिया टुडेका अनुसार धुमः ४ अब अप्रिल २०२६ देखी छायांकनमा जानेछ । सो कम्पनिले सो फिल्मका लागि २ जना नायिक र एक भिलेन खोजिरहेको छ । समाचार अनुसार सो फिल्मको भिलेनको भूमिकामा साउथ फिल्मका कलाकारलाइ लिइने भएको छ । जसका कारण, अभिषेक बच्चनलगायतका कलाकार नदोहोरिने सम्भावना बढेको छ ।

रणवीरले धूमः ४ सुरु गर्नुअघि ‘लभ एण्ड वार’ र ‘रामायण’ का दुवै भागको सुटिङ पुरा गर्नेछन् किनभने धुमः४ मा उनको अन्य चलचित्रहरू भन्दा फरक लुक हुनु आवश्यक रहेको जनाइएको छ । चाखलाग्दो कुरा के छ भने धुमः४ फ्रेन्चाइजका अघिल्लो फिल्महरूमा हिरोको भुमिका नकारात्मक थियो तर पछिल्लो रिपोर्ट अनुसार रणवीरको धुमः४ को चरित्र बिल्कुलै फरक हुने बताइएको छ ।

समाचार अनुसार धुमः ४ पछि अभिनेता कपुरले एनिमल पार्क सुरु गर्नेछन्, जुन निर्देशक सन्दीप रेड्डी वांगासँग मेगा ब्लकबस्टर एनिमलको सिक्वेलको रूपमा निर्माण हुदैँछ ।

प्रकाशित समय : १०:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु