गृहपृष्ठ सनराईज बैंकद्वारा प्रहरीलाई ६५ थान पीपीई हस्तान्तरण
सनराईज बैंकद्वारा प्रहरीलाई ६५ थान पीपीई हस्तान्तरण
सनराईज बैंकले नेपाल प्रहरीलाई ६५ थान पीपीई (Personal Protection Equipment) प्रदान गरेको छ । शुक्रबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई उक्त पिपिई हस्तान्तरण गरे ।
प्रमुख कार्यकारी अधिकृत पौडेलले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणको लागि नेपाल प्रहरीले आफ्नो जीउज्यान जोखिममा राखेर निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत नेपाल प्रहरीलाई सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सम्भावित जोखिमबाट आफू बचेर अरूलाई समेत बचाउने कार्यमा सहयाेग पुग्ने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित समय : २२:५६ बजे



















