गृहपृष्ठ बिआरआई सम्झौतामा ‘लोन’ भन्ने शब्द नै छैन्ः पराराष्ट्र मन्त्री राणा

बिआरआई सम्झौतामा ‘लोन’ भन्ने शब्द नै छैन्ः पराराष्ट्र मन्त्री राणा

बिआरआई सम्झौतामा ‘लोन’ भन्ने शब्द नै छैन्ः पराराष्ट्र मन्त्री राणा परराष्ट्रमन्त्री डा राणा काठमाडौँ, २९ पुसः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१÷८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा धारणा राख्दै । तस्बिरः गोपाल दाहाल÷रासस

परराष्ट्र मन्त्री आरजु राणाले चिनियाँ सहयोग परियोजना ‘बेल्ट एण्ड रोड इनिसियिटभ बिआरआई’ सम्झौता ‘लोन’ नभएको बताएकी छिन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको जारी बैठकमा बोल्दै पराराष्ट्र मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा भएको सम्झौतामा ‘लोन’ नै नरहेको बताएकी हुन ।

‘प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा भएको बिआरआई सम्झौतामा ऋण लिने बारे कुनैपनि कुरा उल्लेख गरिएको छैन, जसरी ऋण लिनेगरी सम्झौता भयो भनिदै आएको छ, यो तथ्यहीन छ,’ उनले सांसदहरूको प्रश्नको जवाफ दिदैँ भनिन्,’सम्झौतामा ग्रान्‍ड र एड भन्ने शब्द मात्र प्रयोग गरिएको छ, ‘लोन’ भन्ने शब्द कही कतै छैन, सय पटक पढे पनि लोन शब्द भेटिन्न ।’

प्रधानमन्त्री केपी शर्मा ओली गत मंसिर १७ देखि २० सम्म चीन भ्रमणको क्रममा चीनसँग सो सम्झौता भएको थियो । बरू, काठमाडौंमा राजनीतिक सहमति गरेर चीनमा एकरूपता कायम गरिएको उनले जनाएकी छिन् ।

प्रकाशित समय : १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु