गृहपृष्ठ डाक्टरको मासिक तलबभत्ता न्युनतम १ लाखदेखि २ लाख ५० हजार पुर्याउन सिफारिस
डाक्टरको मासिक तलबभत्ता न्युनतम १ लाखदेखि २ लाख ५० हजार पुर्याउन सिफारिस
एमबीबीएस/बीडीएस चिकित्सकको हकमा एक लाखदेखि १ लाख २५ हजार मासिक आय सुनिश्चित गर्न सिफारिस गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा टंक बाह्राकोटी नेतृत्वको एक समितिले यस्तो सिफारिस गरेको हो।
एमडीएमएस गरेकाहरुको एक लाख ५० हजारदेखि १ लाख ७५ हजार र डीएम/मसीएच गरेका चिकित्सकको २ लाख २५ हजारदेखि २ लाख ५०,००० हजारसम्म दिन सुझाव दिइएको छ। प्रत्येक तहमा सेवा अनुभवको अवधिका आधारमा आय वृद्धि हुने व्यवस्था गर्न पनि भनिएको छ। जसका लागि विभिन्न भत्ता सिफारिस गरिएको छ।
एमडीएमएस गरेका चिकित्सकलाई ७५-१०० र डीएम/एमसीएच गरेका चिकित्सकलाई १००-१५० प्रतिशत विशेषज्ञ भत्ता प्रदान गर्न सिफारिस गरेको छ। यसैगरी एमबीबीएस र बीडीएसलाई ५० देखि ७५ प्रतिशत, एमडी र एमएसलाई ७५-१०० प्रतिशत र डीएमरएमसीएचलाई १००-१५० प्रतिशत नन-प्र्याक्टिसिङ अलाउन्स प्रदान गर्न सुझाव दिइएको छ।
प्रकाशित समय : १३:५५ बजे

















