global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ‘तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्‍यो’

‘तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्‍यो’

‘तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्‍यो’

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्नेमा जोड दिएको छ ।

उक्त पार्टीको जिल्ला समन्वय समिति ललितपुरद्वारा आज यहाँ आयोजित प्रथम महालक्ष्मी नगरभेलामा गरिब र अभावबाट उकास्नु नै अबको आवश्यकता भएकाले त्यसका लागि आर्थिक विकासलाई प्राथमितामा राख्नुपर्ने बताएको हो । “विद्रोहको चरण पार गरेर संविधान र कानुन त लेखियो, अब रोजगारी सिर्जना, कृषिको आधुनिकिकरण, घरेलु उद्योगमार्फत उत्पादन वृद्धि गरि देशलाई आत्मनिर्भर बनाउन लाग्नुपर्छ”, डा. भट्टराईले भने,“देशभित्रै सूचना प्रविधि र सेवा क्षेत्रलाई प्रोत्साहन गर्दै प्रविधि र सेवाको निर्यात गरी आर्थिक विकास तथा रोजगारी सिर्जना गर्न सकिन्छ ।”

कार्यक्रममा केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य दलबहादुर लिम्बू, पार्टीका ललितपुर जिल्ला समन्वय समिति संयोजक कृष्ण महर्जन, महालक्ष्मी नगर संयोजक सुजन राजथलालगायतले धारणा राखेको थियोे ।

प्रकाशित समय : १९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु