global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ लेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा

लेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा

लेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल ५ दिन हिरासतमा बस्ने भएका छन् ।

जिल्ला अदालत मोरङले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी, कार्यालय मोरङलाई अनुमति दिएको हो ।

एमबीबीएस परीक्षा पास गराई दिन भन्दै पैसा लिएको र ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा आजै पोखरेल पक्राउ परेको थिए । जिल्ला प्रहरी कार्यालय, मोरङले अदालतमा लगे पछि हिरासतमा नै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

नेकपा एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका अनिलले एमबिबिएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप पछि सभापति पोखरेलले उनलाई जिम्मेवारीवाट बर्खास्तसमेत गरेका थिए ।

पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भनी सप्तरीका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। उन त्यसपछि फरार रहदैँ आएका थिए ।

प्रकाशित समय : १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु