global ime bank Long Banner Ad

गृहपृष्ठ एन्फा यु–१६ फुटबलः फ्रेन्ड्स क्लब विजयी

एन्फा यु–१६ फुटबलः फ्रेन्ड्स क्लब विजयी

एन्फा यु–१६ फुटबलः फ्रेन्ड्स क्लब विजयी

एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा आज भएको खेलमा फ्रेन्ड्सले युथ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

फ्रेन्ड्सको जितमा रिहान बुढा र दिवान थापाले समान एक/एक गोल गरे । दुवै गोल खेलको पहिलो हाफमा भएको थियो । खेल सुरुआती मिनेटमा नै फ्रन्ड्सका रिहानले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका हुन् ।

खेलको २२औँ मिनेटमा दिवानले गोल गर्दै फ्रेन्डसको अग्रता दोब्बर बनाएका हुन् । त्यसपछि खेलमा थप गोल हुनसकेन र अन्तत फ्रेन्ड्सले सातदोबाटोमाथि २–० गोलअन्तरले जित निकालेको हो ।

प्रकाशित समय : १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु