गृहपृष्ठ साताको अन्तिम कारोबारका दिन सामान्य अंकले बढ्यो नेप्से परिसूचक
साताको अन्तिम कारोबारका दिन सामान्य अंकले बढ्यो नेप्से परिसूचक
नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा झिनो अंकको वृद्धि देखिएको छ ।
साताको अन्तिम कारोबारको दिनमा आज नेप्से ४.६३ अंकले बढेर २५८६.२३ विन्दुमा रोकिएको छ ।
१ करोड ८६ हजार ७०५ कित्ता शेयर ५० हजार ४४७ पटक खरिदबिक्री हुदाँ आज ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबर कारोबार भएको नेप्सेले जनाएको छ ।
आज मात्रै १५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ वटा कम्पनीको शेयर मूल्य घटेको देखिएको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको जनाइएको छ ।
प्रकाशित समय : १५:५० बजे


















