काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

शान्ति समाजद्वारा एक दर्जन स्रष्टा सम्मान

1.87K
shares

मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित स्रष्टा सम्मान पुरस्कार २०८१ बाट १२ जना स्रष्टालाई सम्मान गरिएको छ ।

समाजले राजधानीमा आज आयोजना गरेको कार्यक्रममा प्रा डा मुकेशकुमार चालिसेलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, प्रा डा ऋषिराम पोखरेललाई जोगमाया बराल स्रष्टा सौगात, प्रा डा चुन्दा बज्राचार्यलाई पवित्रादेवी चौँलागाई मानव अधिकार स्रष्टा सम्मान, विवेक ओझालाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, लिला सेलिङ माबोलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान, बाबा बस्नेतलाई भूमिप्रसाद बराल स्रष्टा सौगात र पदम राईलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान पुरस्कार प्रदान गरिएको हो ।

यसैगरी प्रकाश दर्नाललाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान, विवश पोखरेललाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, सत्यदेवी खड्कालाई जनककुमारी रेग्मी स्रष्टा सौगात, स्रष्टा पूजा बहारलाई राधादेवी दाहाल स्रष्टा सौगात, विजेता कर्ण (चौधरी) लाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात पुरस्कार प्रदान गरेको हो । लिला सेलिङ्ग माबो हाल बेलायतमा भएकोले उनका माता पिताले पुरस्कार ग्रहण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्रवादी नेता एवं स्रष्टा नरहरि आचार्यले यस्ता पुरस्कारले सृजनामा लाग्नेलाई प्रेरणा मिल्ने बताए । कार्यक्रममा गोकर्णश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, कवि अर्जुन पराजुली, उच्च अदालतका पूर्व कामु मुख्य न्यायाधीश शेषराज शिवाकोटी, शान्ति समाजका पूर्व सभापतिहरू गोविन्द खनाल, उत्तम पुडासैनी, होमकान्त चौलागाईं, डा गङ्गाधर अधिकारी, लगायतले पुरस्कृत स्रष्टालाई २० हजार राशिसहितको पुरस्कार प्रदान गरेका थिए ।