global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौंमा तमु ल्होसारका अवसरमा महोत्सव हुँदै

काठमाडौंमा तमु ल्होसारका अवसरमा महोत्सव हुँदै

काठमाडौंमा तमु ल्होसारका अवसरमा महोत्सव हुँदै

तमु ल्होसारका अवसरमा काठमाडौंमा तीन दिने महोत्सव हुने भएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा आगामी पुस १३, १४ र १५ गते काठमाडौंको टुँडिखेलमा महोत्सव आयोजना गर्न लागिएको आयोजक तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद तमू ल्होसार मूल आयोजक समितिले जनाएको छ ।

यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा गुरुङ अग्रज व्यक्तित्वहरुको समुपस्थिति र काठमाडौं उपत्यकामा रहेका संघ संस्थाहरु एकै स्थानमा भेला भइ महोत्सव मनाउन लागिएको प्रेस विज्ञप्ति जारी गर्दै आयोजकले जनाएको छ ।

कार्यक्रम आयोजनाको लागि तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद काठमाडौं उपत्यका प्रमुखको संयोजकत्वमा एक सचिवालय र त्यस अन्तरगत करिब २२ वटा उपसमितिहरु गठन गरी कार्यविभाजन गरेको छ । कार्यक्रमलाई मुख्य प्रायोजन जाउलाखेल ग्रुफ अफ इण्डष्ट्रिजले गरेको छ । ‘विज्ञप्तिमा भनिएको छ’

प्रकाशित समय : १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु