गृहपृष्ठ क्रिमसनटेकले जित्यो इनड्राइभ स्टार्टअप आइसिटीअवार्ड २०२४
क्रिमसनटेकले जित्यो इनड्राइभ स्टार्टअप आइसिटीअवार्ड २०२४
क्रिमसन टेक प्रालि इनड्राइभस्टार्टअप आइसिटी अवार्ड २०२४ को विजेता बनेको छ । इनड्राइभ आइसिटी अवार्ड २०२४ अन्तर्गत इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड विधाको विजेता क्रिमसन टेक बनेको हो ।
आइसिटी अवार्डसँगशीर्ष प्रायोजकको रूपमा सहकार्य गर्न पाउँदा गौरवान्वित भएको इनड्राइभले जनाएको छ । आइसिटी अवार्डले सन् २०१६ देखि सूचनातथा सञ्चार प्रविधिको क्षेत्रमाकामगर्दै आएका स्टार्टअप, व्यक्ति र संस्थाहरूलाई प्रोत्साहन तथा सम्मानगर्दै आएको छ ।
इनड्राइभका एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवितनन्दा आनन्दले भनिन्, “इनड्राइभले आईसीटी अवार्ड २०२४ सँग साझेदारी गर्न पाउँदा सम्मानित महशुस गरेको छ । इनड्राइभले आईसीटी क्षेत्रमा स्टार्टअपहरूका लागि पहिचान र सशक्तिकरणको महत्व बुझ्दछ, र अन्तर्राष्ट्रिय मञ्चमाउनीहरूकाउपलब्धिहरूलाई प्रकाशपार्ने कार्यक्रममा योगदान दिन पाउँदा हामी गर्व गर्छौं साथै हामी इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२४ कोविजेता“क्रिमसन टेक प्रालि”लाई पनिहार्दिक बधाई दिन चाहन्छौं ।”
आईसीटी अवार्ड उदीयमान प्रतिभाहरूको पहिचान र प्रदर्शन गर्न, उनीहरूलाई उद्योगमा महत्वपूर्ण प्रगति गर्न आवश्यक पर्ने एक्सपोजर र समर्थन प्रदान गर्ने भूमिकाका लागि प्रख्यात रहेको छ । इनड्राइभले प्राविधिकविकासमा स्टार्टअपहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिन्छ र भिजन सहितका आगामी पुस्तालाई समर्थन गर्न समर्पित रहेको छ ।
आईसीटी अवार्ड २०२४ का अध्यक्ष राजन लम्सालले भने, “हामी इनड्राइभलाई आईसीटी अवार्ड २०२४ को “टाइटल पार्टनर“ को रूपमा अनबोर्ड गर्न पाउँदा उत्साहित छौँं । प्रविधिको उन्नतिप्रतिको इनड्राइभको प्रतिबद्धता, आईसीटी सेक्टरमानवीन स्टार्टअपहरूलाई पहिचान र उत्थान गर्ने लक्ष्य र हाम्रो लक्ष्यसँग पूर्णरूपमा मेल खान्छ ।
इनड्राइभको सहयोगले निस्सन्देह यस वर्षको अवार्डको सफलतामा योगदान पु-याएको छ,र हामी विश्वव्यापी रूपमाउत्कृष्ट स्टार्टअपहरूको वृद्धि र पहिचानलाई थप प्रोत्साहनदिने सहयोगी प्रयासको लागितत्पर रहेका छौं, साथै अवार्ड समारोहमा १५ वटा अवार्ड विधाहरू रहेका थिए र सातवटै प्रदेशका लागि विशेष मान्यता अवार्डहरू रहेका थिए।”
प्रकाशित समय : १७:१० बजे



















