global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल पत्रकार महासङ्घ मोरङको अध्यक्षमा पाठक

नेपाल पत्रकार महासङ्घ मोरङको अध्यक्षमा पाठक

नेपाल पत्रकार महासङ्घ मोरङको अध्यक्षमा पाठक

नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको अध्यक्षमा सुशिला पाठक निर्वाचित भएको छ । निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार पाठकले एक १७ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नवराज कट्टेलले ५९ मत प्राप्त गरे।

उपाध्यक्षमा सन्तोष सिग्देल, महिला उपाध्यक्षमा तारा आचार्य र बिनु तिम्सिनाले ८२र८२ वराबर मत प्राप्त गर्नुभएको छ । साथै सचिवमा नेत्र पी अधिकारी, सहसचिवमा रेवतीरमण निरौला, सहसचिव समावेशीमा श्यामसुन्दर सुतिहार र कोषाध्यक्षमा कौशल निरौला विजयी हुनुभएको छ ।

महिला सदस्यमा उषाकुमारी सरदार, दलित सदस्यमा तिलक नेपाली, आदिवासी जनजाती सदस्यमा विद्यानन्द चौधरी, मधेशी सदस्यमा सुनिल यादव र अन्य समावेशी सदस्यमा डुमरलाल मेहता, निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
शाखाको खुला सदस्यहरुमा अनुज सापकोटा, ईश्वर दुलाल, कुमार खड्का, बाबुराम निरौला, मुकेशकुमार यादव र रोशन पोखरेल विजयी भएको छ ।

केन्द्रीय परिषद् सदस्यमा महिलामा चिना थापा, समावेशीमा रुपेन्द्र शेर्मा, खुलातर्फ बिक्रम लुईटेल, सुभाष कार्की र तेजेन्द्र भण्डारी निर्वाचित भएको जनाइएको छ ।

प्रकाशित समय : ११:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु