global ime bank Long Banner Ad

गृहपृष्ठ तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने

तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने

तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने

जिल्लामै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने भएको छ । सहृदयी मञ्च तनहुँको आयोजना र व्यास नगरपालिकाको सहयोगमा आज दमौलीमा व्यास नगर मैत्रीपूर्ण ह्विलचियर बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो ।

अपाङ्गता भएका व्यक्तिहरुबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिए । “समाजमा अझै पनि अपाङ्गता भएका व्यक्तिहरुले खेल खेल्न सक्दैनन् भन्ने सोचाइ विद्यमान छ । त्यो सोचलाई हटाउनका लागि पहिलो पटक बास्केटबल प्रतियोगिता आयोजना गरेका छौ ।”

खेल व्यास नगरपालिका–३ स्थित बास्केटबल कोर्टमा सञ्चालन हुनेछ । हाल व्यास नगरपालिकालगायत अन्य स्थानीय तहहरुले अपाङ्गता भएका व्यक्तिहरुले खेल्ने विभिन्न प्रकारका खेलकुदका लागि बजेट विनियोजन गर्न लागेको सुवेदीको भनाइ छ ।

प्रकाशित समय : ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु