global ime bank Long Banner Ad

गृहपृष्ठ पत्रकार महासङ्घ उदयपुरको अध्यक्षमा पोखरेल

पत्रकार महासङ्घ उदयपुरको अध्यक्षमा पोखरेल

पत्रकार महासङ्घ उदयपुरको अध्यक्षमा पोखरेल

नेपाल पत्रकार महासङ्घ उदयपुर शाखाको अध्यक्षमा भक्ति विलास पोखरेल निर्वाचित भएका छन् । पोखरेलले ६० मत प्राप्त गरी विजयी हुँदा अध्यक्षका प्रत्यासी भोटराज राईले ४२ मत प्राप्त गरेको निर्वाचन संयोजक कौशल चेमजोङले जानकारी दिए।

उनका अनुसार उपाध्यक्षमा विश्वराज तामाङ र महिला उपाध्यक्षमा रेनु पराजुली निर्विरोध निर्वाचित भएका छन् । सचिवमा तुलसीप्रसाद कोइराला, कोषाध्यक्षमा पुरुषोत्तम सापकोटा, सहसचिवमा देवराज राई निर्वाचित भएका छन् । साथै सदस्यहरुमा खेमराज दाहाल, अञ्जनी अधिकारी, शङ्कर रिखाम मगर निर्वाचित भएका छन् ।

एक सय १० मतदाता रहेको पत्रकार महासङ्घ उदयपुरमा आज भएको निर्वाचितमा एक सय चार मत खसेको थियो ।

प्रकाशित समय : २०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु