गृहपृष्ठ एनपिएलः विराटनगरद्वारा चितवन सामु एक सय ८२ रनको लक्ष्य प्रस्तुत
एनपिएलः विराटनगरद्वारा चितवन सामु एक सय ८२ रनको लक्ष्य प्रस्तुत
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनाएको हो ।
विराटनगरका लागि बसिर अहमदले अविजित रहँदै अर्धशतकीय पारी खेरे । उनले ४४ बलमा चार छक्का र चार चौका प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए । यस्तै, मार्टिन गुप्टिलले ४५, राजेश पुलामी ३३, निकोलस किर्टन आठ र दिपक बोहराले चार रन जोडे । यो खेलमा विराटनगरले अतिरिक्त २३ रन प्राप्त गरेको छ ।
बलिङतर्फ चितवनका रिजन ढकालले सर्वाधिक दुई लिए । यस्तै, कप्तान कुशल मल्ल, सोहेल तनवीर र बासिल हमिदले समान एक/एक विकेट लिए । अहिले चितवनले जवाफी ब्याटिङ गरिरहेको छ ।
प्रकाशित समय : १५:०८ बजे


















