काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुदूरपश्चिमसँगको पराजय बिर्सेर खेल्यौँ: शेर मल्ल

2.08K
shares

जनकपुर बोल्ट्सका शेर मल्लले अघिल्लो खेललाई खराब दिनका रूपमा लिएर अघि बढ्दा काठमाडौं गुर्खाजविरुद्ध जित सम्भव भएको बताएका छन्।

सुदूरपश्चिमविरुद्ध फराकिलो हारपछि आफ्नो टोलीले राम्रो त्यसलाई बिर्सेर उच्च आत्मबलका साथ खेल्दा सफल भएको उनले बताए।

उनले पछिल्लो खेलमा राम्रो नभए पनि काठमाडौँ गुर्खाजविरुद्ध जित निकाल्ने लक्ष्य लिँदै सोही अनुरूप प्रदर्शन पनि गरेको बताए। उनले लक्ष्य ठूलो नभए पनि ब्याटिङ गर्न सहज नहुने भएकाले सम्हालिएर खेलेको उल्लेख गरे।

छिट्टै ४ विकेट जाँदा कठिन भएको उनी बताउँछन् तर जिमी निसमले जित दिलाउन सक्छन् भन्ने टोलीमा विश्वास रहेको उनको भनाइ छ।