global ime bank Long Banner Ad

गृहपृष्ठ रास्वपाका सभापति लामिछानेको बयान सकेर सिमरा पुर्याइयो

रास्वपाका सभापति लामिछानेको बयान सकेर सिमरा पुर्याइयो

रास्वपाका सभापति लामिछानेको बयान सकेर सिमरा पुर्याइयो

पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ ।

निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उनि सिमरा विमानस्थलमा रहेको जनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो ।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालले अभियुक्त लामिछानेलाई सिमराबाट काठमाडौं हुँदै कास्की पुर्याइने जानकारी दिए।

प्रकाशित समय : १०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु