गृहपृष्ठ सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य
सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य
नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १२३ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले ३३ र सैफ जैबले २१ रन बनाए । इशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलनले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
जनकपुरका लागि किशोर महतोले ४ विकेट लिए । जनकपुरका लागि शेर मल्ल,र अरनिको यादवले २–२ तथा हर्ष थाकेरले १ विकेट लिए ।
प्रकाशित समय : १०:४२ बजे



















