global ime bank Long Banner Ad

गृहपृष्ठ श्रीलङ्काद्वारा करिब १९ अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य

श्रीलङ्काद्वारा करिब १९ अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य

श्रीलङ्काद्वारा करिब १९ अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य

श्रीलङ्काको निर्यात विकास बोर्ड (ईडीबी) ले सन् २०२५ मा देशको कुल निर्यात आम्दानी १८ अर्ब ७ करोड अमेरिकी डलर हुने अनुमान गरेको छ ।

ईडीबीका अध्यक्ष मङ्गला विजेसिङ्घेले आइतबार यस प्रक्षेपणमा वस्तु निकासीबाट १४ अर्ब ५४ करोड डलर र सेवा निकासीबाट चार अर्ब १६ करोड डलर समावेश हुने बताए ।

श्रीलङ्काले सन् २०२४ को पहिलो १० महिनामा कुल निर्यात (वस्तु तथा सेवा)बाट १३ दशमलव ५ अर्ब डलर कमाएको विजेसिङ्घेले बताए । यो सन् २०२३ को पहिलो १० महिनाको तुलनामा ७ दशमलव १९ प्रतिशतले बढेको हो ।

 

प्रकाशित समय : १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु