global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सभापति देउवाद्वारा ज्ञवालीको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा ज्ञवालीको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा ज्ञवालीको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल शिक्षक सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष मोहन ज्ञवालीको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज शोक विज्ञप्ति जारी गरी उनिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका हुन ।

ज्ञवालीको यही मङ्सिर १४ गते निधन भएको थियो । उनि नेपाल शिक्षक सङ्घ कास्कीको पूर्वजिल्ला अध्यक्ष, नेपाल शिक्षक सङ्घको पूर्वकेन्द्रीय महासचिव, नेपाल शिक्षक युनियनका संस्थापक महासचिव, सार्क शिक्षक महासङ्घको एक कार्यकाल अध्यक्ष तथा नेपाल शिक्षक सङ्घको दुई कार्यकाल केन्द्रीय अध्यक्ष थिए ।

विसं २०२२ असोज २ गते जन्मिएका स्व ज्ञवालीले कांग्रेस र नेपाल शिक्षक सङ्घको सङ्गठन निर्माण, नेपालको लोकतान्त्रिक आन्दोलन तथा शैक्षिक क्षेत्रको विकासका लागि सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट कांग्रेसले एक कुशल र अनुभवी शिक्षाविद्लाई गुमाएको जनाएको छ ।

प्रकाशित समय : १८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु