global ime bank Long Banner Ad

गृहपृष्ठ सिरियामा विद्रोहीले सत्ता कब्जा गरेपछि अबको प्रक्रियाबारे अन्योल

सिरियामा विद्रोहीले सत्ता कब्जा गरेपछि अबको प्रक्रियाबारे अन्योल

सिरियामा विद्रोहीले सत्ता कब्जा गरेपछि अबको प्रक्रियाबारे अन्योल

सिरियामा विद्राहीले सत्ता कब्जा गरेपछि अब के हुन्छ भन्ने अन्योल सृजना भएको छ । बीबीसीका अनुसार धेरै मानिसहरू २४ वर्षदेखिको बशर अल असदको सत्ता ढलेकोमा खुसी छन् । तर अन्योल पनि उत्तिकै छ । अहिले राजधानी कब्जा गरेको इस्लामिक विद्रोहीहरूको समूह हयात तहरीर अल–शम (एचटीएस) को विगत राम्रो छैन ।

यो समूह अन्तर्राष्ट्रिय आतङ्कवादी समूह अलकायदाबाट आएको हो । एचटीएसको विगत हिंस्रक रहेको छ । तर पछिल्ला वर्षमा उनीहरूले आफूलाई राष्ट्रवादी शक्तिको रूपमा चिनाउने कोसिस गरिरहेका छन् । उनीहरूको हालसालैका सन्देशहरूमा कूटनीतिक र मेलमिलापपूर्ण भाषा प्रयोग गरिरहेका छन् । उनीहरूले के गर्ने योजना बनाइरहेका छन् भनेर धेरै सिरियालीहरु डरमा बसेका खबरमा उल्लेख छ । अहिले पनि दमास्कसमा गोली चलिरहेका छन् ।

इरान र इराकका दूतावासमा आक्रमण भएका छन् । राष्ट्रपति अल–असदले देश छाडेको खबर सार्वजनिक भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि असदले देश छाडेको बताएका छन्, तर उनिकहाँ गए भन्ने खुलेको छैन । हिजो सिरियाको तेस्रो ठूलो शहर होम्स कब्जा गरेपछि विद्रोहीहरूले आज सिरियाको राजधानी दमास्कस कब्जा गरेका हुन् ।

यसैबीच सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल–जलालीले देशमा स्वतन्त्र चुनाव गराउनुपर्ने बताएका छन् । उनले सिरियाका नागरिकले मतबाट नेता छान्न पाउनुपर्ने बताएका छन् । सिरियामा सन् २०११ मा शुरु भएको एउटा सामान्य आन्दोलनले ठूलो गृहयुद्धको रूप लिएको छ ।

 

प्रकाशित समय : १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु