गृहपृष्ठ नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न
नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न
नेशनललाईफ इन्स्योरेन्स कम्पनीलि.ले मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सिइओ” कार्यक्रम सम्पन्न गरेकोछ ।
सुदुर पश्चिम प्रदेशबााट लक्ष्य पुरा गर्ने सबै अभिकर्ताहरुलाई प्रमुखकार्यकारी अधिकृतले मायाको चिनो प्रदानगरेका थिए । साथै स्किमा व्यवस्था भएअनुरुपअर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफएक्सिलेन्स प्राप्तगर्र्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले समय सान्दर्भिक योजनाहरु प्रस्तुतगर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको र यस स्किममा छनौट हुने अभिकर्तालाई प्रदेश स्तरिय कार्यक्रमअन्तर्गत सम्मानगरिने कम्पनीको योजनाअनुरुप सुदुरपश्चिमप्रदेशबाट छनौट हुन सफल २६ जनाअभिकर्ताहरुलाई सम्मानगरिए संगै यस स्किम अन्तर्गतका सातै प्रदेशको कार्यक्रम सकिएको बताउँदै सबै प्रदेशबाट यस कार्यक्रममा जोडिने ३०० भन्दा बढि अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गरे ।
कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीका प्रमुखकार्यकारी अधिकृत समक्षबीमा व्यवसायमा भोगेका समस्या, गुनासा, लगायत विविधपक्षहरुकाबारेमा विस्तृत रुपमाछलफल गर्न पाएकोमा खुशी व्यक्तगरेका थिए । यस योजनाले अभिकर्ता र सिइओ दुवैलाई प्रत्यक्ष रुपमाजोडी अन्र्तक्रियागर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनीदुवै पक्षलाई हितहुने भएकोले यस प्रकारको योजना आगामी दिनहरुमा पनि ल्याउनु पर्ने सुझावदिएका थिए ।
प्रकाशित समय : १८:२५ बजे