global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्रीबाट दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन

प्रधानमन्त्रीबाट दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन

प्रधानमन्त्रीबाट दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक टावरकाे उदघाटन गरेका छन् ।

दमक नगरपालिका-३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका हुन ।

मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स १ अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेकोे छ ।

भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए ।

 

प्रकाशित समय : १६:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु