global ime bank Long Banner Ad

गृहपृष्ठ अकाउन्टिङ सफ्टवेयर टिगद्वारा एआई फिचर सार्वजनिक

अकाउन्टिङ सफ्टवेयर टिगद्वारा एआई फिचर सार्वजनिक

अकाउन्टिङ सफ्टवेयर टिगद्वारा एआई फिचर सार्वजनिक

नेपालको लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिगले एआई फिचर सार्वजनिक गरेको छ । बिल इन्ट्री गर्ने प्रक्रियालाई अझै छिटो र सजिलो बनाउन टिग एआई फिचर सार्वजनक गरिएको हो ।

व्यवसायहरूका लागि बिल इन्ट्री गर्ने प्रक्रिया आफैमा लामो हुन्छ । तर अब यो प्रक्रियालाई टिक एआईले निकै सजिलो बनाउने छ ।

प्रयोगकर्ताहरूले टिगमा बिलहरुको फोटो अपलोड गरेपछि एआई फिचर प्रयोग गर्न ‘स्क्यान विथ एआई’ बटनमा क्लिक गर्नुपर्नेछ । त्यसपछि सिस्टमले बिल रिड गर्नेछ र आफै स्वत सिस्टममा लेखिदिने छ ।

अनि एआईले स्वतः राखेको विवरण सही भएको वा नभएको जाँच गरेर थप मिलाउनु पर्ने भए मिलाउन सकिने छ । एआई फिचरको प्रिन्टेड बिलमा ९९ प्रतिशत र हातले लेखेको बिलामा ९५ प्रतिशत एकुरेसी भएको कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु